गोरखामा इभी दुर्घटनाग्रस्त : सात जना भारतीय तीर्थयात्रीको मृत्यु, सात जना घाइते

गोरखामा इभी दुर्घटनाग्रस्त : सात जना भारतीय तीर्थयात्रीको मृत्यु, सात जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० फाल्गुन २०८२
  • 4.2K
    Shares

पोखरा,३० फागुन २०८२।

मनकामना दर्शन गरेर फर्केको माइक्रो बस (ईभी) गोरखामा दुर्घटनाग्रस्त हुँदा सात जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । 

मनकामना मन्दिरमा दर्शन गरेर फर्कदै गरेका भारतीय तीर्थयात्री सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस शनिबार राति करिब सात बजे गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटनाग्रस्त हुँदा सात जना भारतीय तीर्थयात्रीको मृत्यु भएको हो भने अन्य सात जना घाइते भएका छन् । 

उक्त दुर्घटनामा मृत्यु भएका सात जना भारतीय तीर्थयात्रीको शब सदरमुकाम दमौलीस्थित प्रादेशिक अस्पतालमा पठाईएको छ भने अन्य सात जना घाइते भारतीय तीर्थयात्रीहरुको उद्धार गरेर तनहुँको आबुखैरेनी अस्पतालमा राखिएको छ । दुर्घटनाबारे थप अपडेट आउने क्रममा छ ।

प्रतिक्रिया