श्रम संस्कृति पार्टीले टुंगायो समानुपातिकतर्फ चार जना सांसदको नाम(सूचिसहित)

श्रम संस्कृति पार्टीले टुंगायो समानुपातिकतर्फ चार जना सांसदको नाम(सूचिसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० फाल्गुन २०८२
  • 3.2K
    Shares

 पोखरा,३० फागुन २०८२।

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुङ्ग्याएको  छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ चार जना सांसद पाउने गरि मत पाएको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुङ्ग्याएको  हो ।

विवादका बीचमा समानुपातिक सांसदहरूको टुङ्गो लागेको श्रम संस्कृति पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईले जानकारी दिइन् । उनका अनुसार सो पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लगाएको प्राप्त समाचारमा जनाइएको छ ।

सो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । सो मतका आधारमा सो पार्टीले चार जना ४ जना समानुपातिक तर्फका सांसद पठाउन पाउने छ । चार जना सांसद पाउने भएपछि हर्क साम्पाङ नेतृत्वको पार्टी आन्तरिक विवादमा फसेको थियो ।

यस अघि फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिक तर्फबाट कसलाई प्रतिनिधिसभामा पठाउने भन्ने विषयमा पार्टीभित्र तीव्र मतभेद देखिएको थियो । सोही विवादका कारण खस आर्य अन्तरगत पहिलो नम्बरमा रहेका जीवन विष्टले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको बताएका थिए ।

समानुपातिक तर्फबाट सांसद छान्न समस्या भएपछि नव निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पार्टीका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भात खाऊ । मेरो टाउको नखाऊ ।’

उनले समानुपातिक विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने समेत बताएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ। सो पार्टीले खोटाङ भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ विजय हासिल गरेको हो । समानुपातिकमा पनि पार्टीले थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको हैसियत बनाएको छ।

प्रतिक्रिया