रास्ट्रिय पार्टी बनेका छ राजनीतिक पार्टीहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन आयोगको आग्रह

रास्ट्रिय पार्टी बनेका छ राजनीतिक पार्टीहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन आयोगको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ फाल्गुन २०८२
  • 1.1K
    Shares

nirbachan aayog, निर्वाचन आयोग

पोखरा,२९ फागुन २०८२।

समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरे लगत्तै निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने दलहरूलाई तीन दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ। आयोगले ६ वटै दललाई पत्राचार गरेर तीन दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको हो ।  

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएको जानकारी अनुसार , आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको छ । 

समानुपातिकमा एक करोड १२ लाख ८० हजार छसय १७ मत खसेकोमा एक करोड ८ लाख ३५ हजार २५ अर्थात ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ। 

त्यस्तै, प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मत खसेमा ९४.५५ प्रतिशत अर्थात एक करोड पांच लाख ५९ हजार १७ मत सदर भएको प्राप्त समाचारमा जनाइएको छ। प्रतिनिधि सभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार छसय ८९ मतदाता रहेका थिए। 

प्रतिक्रिया