क्रोएसियामा भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु, एक नेपाली युवतीसहित दुई जना घाइते

क्रोएसियामा भएको सडक दुर्घटनामा दुई नेपालीको मृत्यु, एक नेपाली युवतीसहित दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ फाल्गुन २०८२
  • 2.8K
    Shares

पोखरा,२९ फागुन २०८२।

युरोपेली मुलुक क्रोएसियामा भएको एक सडक दुर्घटनामा परेर दुई नेपालीको मृत्यु भएको छ भने एक नेपाली युवतीसहित दुई जना घाइते भएका छन्।

बोस्नियाबाट क्रोएसिया घुम्न गएका तीन नेपाली र एक पाकिस्तानी युवा सवार गाडी गएको फेब्रुअरी १२ तारिखमा दुर्घटनाग्रस्त हुँदा  दुई नेपालीको मृत्यु भएको हो भने एक नेपाली युवतीसहित दुई जना घाइते भएका छन्।

उक्त दुर्घटनामा झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु भएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले जानकारी दिए । सोही दुर्घटनामा घाइते भएका एक नेपाली महिला र एक पाकिस्तानीको उपचार भइरहेको तामाङले जानकारी गराए ।

उक्त दुर्घटनामा परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए । उनले भने,‘भियनास्थित दूतावासमा कुरा भएको छ । एउटा शव नेपालमा पुर्‍याउन ६ हजारभन्दा बढी यूरो लाग्छ । शव नेपाल लैजान पहल भइरहेको छ ।’

क्रोएसियामा सडक दुर्घ!टनामा परेर दुई नेपाली भरत

कार्की र भुवन विकको नि!ध!न भएको छ।

उहाँहरुको आत्म शान्तिको लागि सम्पूर्ण नेपालीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरौं❤️🇳🇵🙏

प्रतिक्रिया