काठमाडौँ, २८ फागुन २०८२।
मकवानपुरमा गएराती असईलाई बन्चरोले हा*नेपछि एक जनालाई प्रहरीले गोली हानेर घाइते बनाई पक्राउ गरेको छ।
मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा झ*गडा भइरहेको भन्ने खबर पाएपछि पुगेको असई दिलबहादुर तामाङको टोलीमाथि बियरको बोतल, खु*कुरी र ब*ञ्चरो प्रहार गर्ने सनिष तितुङलाई प्रहरीले गो*ली हा*नी पक्राउ गरेको हो।
उनीहरुको टोलीलाई प्रहरीले घटनास्थलमा पुगेर संलग्न सोधपुछ गर्ने क्रममा एक्कासी असई तामाङमाथि बियरको बोतल, खुकु*री र ब*न्चरोले प्रहार गर्दा असई तामाङको दुवै हातमा चोट लागेको छ । त्यसपछि प्रहरीले आत्मरक्षाका गो*ली चलाई तितुङलाई नियन्त्रणमा लिएको हो ।
घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमाण्डमा थप प्रहरी टोली खटिएको थियो। घटनामा संलग्न हेटौंडा –१२ रमनटार बस्ने वर्ष अन्दाजी २४ का सन्जय जिम्बा र अन्दाजी ३५ वर्षका अजय थिङलाई प्रहरीले पक्राउ गरेको छ ।