पोखरा,२८ फागुन २०८२।
निजीकरणकोकारण ३० वर्षदेखि बन्द भएको बीरगन्जको कृषि औजार कारखाना फेरि खोलेर संचालन गर्ने जिम्मा लिएका डा. महाबीर पुनलाई तात्कालिन केपी शर्मा ओली सरकारले एक रुपियाँ पनि सहयोग गरेन। उद्योग संचालन गर्न आबश्यक रकम जुटाउन डा. पुनले आफ्नो जीवनी प्रकाशन गरे र टाउकोमा राखेर देशव्यापी दौडाहा गर्दै त्यही आफ्नो जीवनी बेचेर उनले झन्डै १२ करोड रुपियाँ जम्मा गरेका छन् र बीरगन्जको कृषि औजार कारखाना पनि संचालनमा आएको छ। त्यस कृषि औजार कारखानाले अहिले नेपाली किसानहरुलाई चाहिने सस्तो तथा भरपर्दो कृषि औजारहरु उत्पादन गरिरहेको छ।
आफ्नो जीवनी बेचिरहेका बेला जेन जी आन्दोलन पछि प्रधानमन्त्री बनेकी पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले मन्त्री बन्न आग्रह गरे पछि देशको आबश्यकता ठानेर डा. महाबिर पुन किताब बेच्न छाडेर काठमाण्डौ आए र शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री पनि बने। आफू मन्त्री हुन्जेल उनले मन्त्रालयभित्रै खाने-बस्ने गरेर जनताको काम गरे।
देश र जनताको हितमा हुने गरी छ वटा शिक्षा सम्बन्धि बिधेयक ल्याउन खोजे। ती बिधेयक ल्याउन नपाए पछि रिसाएर मन्त्रालयबाट निस्किएका डा. महाबीर पुनले भोलिपल्ट म्याग्दी पुगेर प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएको प्रधानमन्त्री सुशिला कार्कीले सार्वजनिक कार्यक्रममा बताएकी छिन।
हुदाखांदाको शिक्षा मन्त्री पद छाडेर संसद पदमा चुनाब लडेका डा. पुन ७१ वर्षको बुढ्यौली उमेरमा म्याग्दीका जनताको घर-घरमा पुगे र जनतासनक्ष आफ्नो लागि भोट मागे। उनले भोट त मागे, तर मतदातालाई बाध्य पारेनन्। उनले “मन परे मलाई भोट दिनुस, नपरे भोट नदिनुस” भन्दै जनताको घर-घरमा पुगे। उनले जतता समक्ष ‘यो गरिदिन्छु । त्यो गरिदिन्छु ‘ भनेर कुनै बाचा गरेनन। बरु आफूले चुनाब जिते देश र जनताको पक्षमा काम गरेरै देखाई दिने बचन दिए। चुनाब जितेर गए पछि गाउँ नफ़र्किएमा आफुलाई जहाँ देख्यो त्यहीं लट्ठीले हान्न अनुरोध गरे। जनताले पनि पुराना राजनीतिक दलहरुलाई लोप्पा खुवाउन्दै भारी मतले डा. महाबीर पुनलाई प्रतिनिधि सभा सदस्य पदमा चुनाब जिताए। उनले मुख्य निर्वाचन अधिकृतबाट प्रतिनिधिसभा सदस्य पदमा जितेको प्रमाणपत्र बुझे। उनले आफ्नो विजयमा बिजय र्याली नगर्न अनुरोध गरे।
चुनाबको मतगणना जारी रहेको र प्रतिनिधिसभाको बैठक बसी नसकेको अवस्थामा आफ्नो खाली समयको उपयोग गर्दै डा. पुनले मंगलबार पोखराका बिभिन्न स्थानहरुमा आफ्नो किताब बेच्न शुरु गरे। पोखराको अमरसिंहचोकमा किताब बेचिरहेका बेला उनलाई एक जना ‘झोले’ कार्यकर्ताले अभद्र ब्यबहार गरे। तैपनि उनले आफ्नो किताब बेच्ने काम छाडेनन्। मंगलबार मात्र पोखराका विभिन्न स्थानहरुमा गरेर करीब आठ सय थान किताबहरु बेचे।
मेयर आचार्यले ‘मर्यादा र कानुन’को कुरा उठाइरहँदा पुनले भने कामको परिणामलाई प्राथमिकता दिएका छन्। वीरगञ्जको कृषि औजार कारखानामा साना किसानका लागि आवश्यक औजारहरू उत्पादन भइरहेको र त्यसको भिडियो छिट्टै सार्वजनिक गर्ने उनले बताएका छन्। उनले भनेका छन्:
“औजार बनाउँदा कसैले दुःख नमन्नुहोला। कम्तिमा २० करोड रुपैयाँ त नकमाई हुँदैन।”
आज बिहान १० बजे देखी बेलुकी ७ बजे सम्म पोखराको तीन ठाउँमा १४०८ वटा किताब बेचियो। त्यो सबै पैसा बीरगन्जको कृषि औजार कारखाना सञ्चालनार्थ प्रयोग हुन्छ। कारखानामे साना किसानहरुको लागि चाहिने औजारहरु बनिरहेका छन्। के कस्ता औजारहरु बन्दैछन् भनेर त्यसको भिडियोहरु अलि फुर्सद हुँदाँ राख्नेछु। औजार बनाउँदा कसैले दुःख नमान्नु होला। अहिले सम्म १२ करोड रुपैयाँ जति किताब बेचेर बचाईयो। कम्तिमा २० करोड रुपैयाँ ता नकमाई हुँदैन।
सडक को फोहोरको थुप्रो नदेख्नेले मैले किताब बेचेको देख्ने कस्तो आँखा हो ?