इलाका प्रहरी कार्यालय टिकापुरको छतबाट खसेर गएराती प्रहरी जवानको मृत्यु !

इलाका प्रहरी कार्यालय टिकापुरको छतबाट खसेर गएराती प्रहरी जवानको मृत्यु !


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ फाल्गुन २०८२
  • 3.6K
    Shares

पोखरा,२६ फागुन २०८२।

कैलालीमा गएराती प्रहरी कार्यालयको छतबाट खसेर एक प्रहरी जवानको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय टिकापुरको छतबाट खसेर ३० वर्षीय प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको प्रहरीले जनाएको छ।

बझाङको तलकोट गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान चदारा सोमबार राति प्रहरी कार्यालयको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका शव परीक्षणका लागि टीकापुर प्रादेशिक अस्पतालमा राखिएको छ ।

यता मृतकका परिवारले भने घटना शंकास्पद रहेको भन्दै सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेका छन् । 

मृतककी भान्जी सुनिता आग्रीले घटना शंकास्पद देखिएको बताइन् । घटना हुनुुभन्दा केही समय अगाडि घरमा परिवारसँग टेलिफोनमा कुराकानी भएको बताउदै उनले एकाएक बिरामी भएको भन्दै फोन आएको बताइन् ।

प्रहरीले परिवारका सदस्य पुग्न अगावै घटनास्थलबाट शव उठाएको भन्दै उनीहरु आक्रोशित बनेका छन् । निष्पक्ष छानविन गर्दै घटनाको ययार्थ बाहिर नल्याएसम्म शव नउठाउने अडान लिइएको छ ।

प्रतिक्रिया