पोखरा,२६ फागुन २०८२।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन् ।
मोदीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र वरिष्ठ नेता साहसँग टेलिफोनमा कुराकानी भएको जानकारी दिएका छन्उ। तर यस बारेमा रास्वपा र तिनका नेताहरुले आधिकारिक र औपचारिक रुपमा केही बोलेका छैनन्रे। तर भारतीय प्रम मोदीले रास्वपाको निर्वाचन सफलताका लागि दुवै नेतालाई बधाई दिएको आफ्नो फेसबुकमा लेखेका छन् ।
उनले रास्वपाले नेपालमा हासिल गरेको उल्लेखनीय सफलताका लागि लामिछाने र शाहलाई शुभकामना व्यक्त गर्दै आगामी सरकार गठनका लागि पनि शुभेच्छा प्रकट गरेका छन् । साथै उनले भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुई देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
मोदीले भारत र नेपालबिचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । उनले दुवै देशले संयुक्त प्रयासमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा व्यक्त गरेका छन् ।