गणना जारी रहेका बाँकी तीन क्षेत्रमा को अघि को पछि ?

गणना जारी रहेका बाँकी तीन क्षेत्रमा को अघि को पछि ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २५ फाल्गुन २०८२
  • 2.2K
    Shares

पोखरा,२५ फागुन २०८२।

प्रतिनिधि सभा निर्वाचतको प्रत्यक्षतर्फ मतगणना अन्तिम चरणमा पुगेको छ भने अब तीन सिटको मात्रै नतिजा आउन बाँकी रहेको छ। 

प्रत्यक्षतर्फका १६५ मध्ये १६१ क्षेत्रको नजिता सार्वजनिक भइसकेको छ। एक सिटमा उम्मेदवारी खारेजविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेको छैन। तीन क्षेत्रको भने मतगणना भइरहेको छ। 

अहिलेसम्म गणना सम्पन्न भएका क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १२४ सिट जितेको छ। त्यस्तै, नेपाली कांग्रेसले १७, नेकपा (एमाले)ले ८, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक र स्वतन्त्र उम्मेदवारले एक सिट जितेको छ। 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी-१ बाट, ध्रुवराज राई भोजपुर र आरेन राई खोटाङबाट निर्वाचित भएका छन्। राप्रपाका ज्ञानेन्द्र शाही जुम्ला र स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट निर्वाचित भएका हुन्। 

अहिले गणना चलिरहेका तीन क्षेत्रमा गोरखा-१, इलाम-१ र संखुवासभा छन्। गोरखा-१ रास्वपाका सुधन गुरुङले अग्रता लिएका छन्।

गोरखामा गुरुङले १७ हजार पांच सय ३८ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेमकुमार खत्रीले १० हजार पांच सय ४९ मत पाएका छन्। त्यस्तै नेकपाका हरि अधिकारीले ६ हजार सातसय ७६ मत पाउँदा एमालेका दुई हजार पांच सय ६० मत पाएका छन्।

त्यस्तै, इलाम-१ मा कांग्रेसका निश्चल राई १० हजार चार सय मत सहित अगाडि छन्। उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले ९ हजार सात सय ६४ मत पाएका छन्। सुरुवातदेखि अग्रता लिइरहेका एमालेका काजीमान कागेत भने ९ हजार चार सय ७८ मत सहित तेस्रो स्थानमा झरेका छन्। 

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की अग्रता लिइरहेका छन्। उनले १० हजार छ सय १५ मत पाएका छन् भने प्रतिस्पर्धी रास्वपाका मिङमा शेर्पाको १० हजार दुई सय ७३ मत छ। एमालेका काजिमान कागतेले नौहजार सातसय ८१ मत ल्याएर तेश्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया