पोखरा,२५ फागुन २०८२।
प्रत्यक्षका १ सय ६५ मध्ये १ सय २५ सिट जित्ने दिशामा अघि बढेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पनि एकलाैटी मत पाइरहेको छ । प्रतिनिधि सभा निर्वाचिनको समानुपातिकतर्फ सोमबार बिहान १ बजेसम्म ६७ लाख २० हजार सातसय २१ मत गणना भएका छन्।
कुल खसेको मत: एक करोड १० लाख
बदर हुनसक्ने मत (अनुमानित): ५% = ५ लाख ५० हजार
थ्रेसहोल्ड कटाउन नसक्ने बिभिन्न दलले पाउने समानुपातिक मत संख्या (अनुमानित): ७ लाख ५० हजार
कुल समानुपातिकको लागि गणना हुनसक्ने समानुपातिक मत (अनुमानित): ९७ लाख (९७ लाख/११० = ८८ हजार (एक जना समानुपातिक सांसद बन्न आवश्यक मत)
रास्वपाले पाउन सक्ने समानुपातिक मत (अनुमान): ५४ लाख = ६१ जना
हाल जितेको संख्या (१२४)+अग्रता (१)= १२५
कुल सांसद संख्या= १२५+६१= १८६
निर्वाचन आयोगका अनुसार, अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३२ लाख ८० हजार ३६७ मत प्राप्त गरेको छ। यो भनेको ४८.८ प्रतिशत हो।
दोस्रोमा रहेको नेपाली कांग्रेसले ११ लाख ६ हजार ७१५ मत प्राप्त गरेको छ। कांग्रेसले प्राप्त गरेको १६.४६ प्रतिशत हो।
यस्तै, नेकपा (एमाले)ले ९ लाख ४१ हजार ७६५ मत पाएको छ। तेस्रो नम्बरमा रहेको एमालेको १४.०१ प्रतिशत हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो नम्बरमा रहेको छ। नेकपाले ४ लाख ७० हजार २४६ अर्थात ६.९९ प्रतिशत मत पाएको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि राष्ट्रिय दलको मान्यता पाउने लक्ष्यमा देखिएको छ। राप्रपाले २ लाख ३२ हजार ३५ अर्थात ३.४५ प्रतिशत मत पाएको छ। राष्ट्रिय दलको मान्यता पाउन कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ।
यसैगरी, छैटौँ नम्बरमा रहेको श्रम संस्कृति पार्टीले १ लाख ९१ हजार १३१ मत पाएको छ। यो भनेको २.८४ प्रतिशत हो।
अहिलेसम्म जनता समाजवादी पार्टी नेपालले ९४ हजार २५ अर्थात १.३९ प्रतिशत मत पाएको छन। अन्य दल भने राष्ट्रिय दलको मान्यता पाउने बाटोमा देखिँदैनन्।
कसको मत कति ?
राष्ट्रिय स्वतन्त्र पार्टी
३२ लाख ८० हजार तीन सय ६७ (४८.८%)
नेपाली कांग्रेस
११ लाख ६ हजार सात सय १५ (१६.४६%)
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
९ लाख ४१ हजार सात सय ६५ (१४.०१%)
नेपाली कम्युनिष्ट पार्टी
४ लाख ७० हजार दुईसय ४६ (६.९९%)
राष्ट्रिय प्रजातन्त्र पार्टी
२ लाख ३२ हजार ३५ (३.४५ %)
श्रम संस्कृति पार्टी
१ लाख ९१ हजार एकसय ३१ (२.८४%)
जनता समाजवादी पार्टी, नेपाल
९४ हजार २५ ( १.३९%)
राष्ट्रिय परिवर्तन पार्टी
५७,६४५
नेपाल मजदुर किसान पार्टी
२९,७२५
जनमत पार्टी
२९,६१५
एकल चिन्ह चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल)
२६,७३५
राष्ट्रिय जनमोर्चा
१६,९९५
राष्ट्र निर्माण दल नेपाल
१६,७९९
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
१४,३०७
नेपाल जनता संरक्षण पार्टी
१२,९०५
प्रगतिशील लोकतान्त्रिक पार्टी
१०,७६४
मंगोल नेशनल अर्गनाइजेशन
९,३७९
एकल चिन्ह बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी)
८,८११
सार्वभौम नागरिक पार्टी
७,२५५
एकल चिन्ह मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल)
५,३१३
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
५,२५२
संयुक्त नागरिक पार्टी
४,२८८
नेपाल जनता पार्टी
३,७३९
राष्ट्रिय एकता दल
३,५१७
नेपालका लागि नेपाली पार्टी
३,२५६
नेशनल रिपब्लिक नेपाल
३,२५५
राष्ट्रिय जनमुक्ति पार्टी
३,०९६
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)
२,७८२
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
२,६७५
राष्ट्रिय गौरव पार्टी
२,१८१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
२,१३७
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)
२,१३१
समावेशी समाजवादी पार्टी नेपाल
१,८४४
नेपाल लोकतान्त्रिक पार्टी
१,८१०
गतिशील लोकतान्त्रिक पार्टी
१,७२८
नेपाल मातृभूमि पार्टी
१,६८९
राष्ट्रिय उर्जाशील पार्टी, नेपाल
१,६४९
जय मातृभूमि पार्टी
१,४३२
राष्ट्रिय जनता पार्टी नेपाल
१,३७६
बहुजन शक्ति पार्टी
१,३१२
नेपाल जनमुक्ति पार्टी
१,०६४
प्रजातान्त्रिक पार्टी नेपाल
१,०३६
जन अधिकार पार्टी
१,०३६
नेपाल सद्भावना पार्टी
८७३
पिपुल फर्ष्ट पार्टी
८७२
नेपाली काँग्रेस (वी.पी.)
८१५
नागरिक शक्ति, नेपाल
७९९
जनता लोकतान्त्रिक पार्टी, नेपाल
७०२
नेपाली जनश्रमदान संस्कृति पार्टी
६७५
समावेशी समाजवादी पार्टी
६७२
नेपाली जनता दल
६७१
स्वाभिमान पार्टी
५८३
एकल चिन्ह जगर भएको सिंह(सचेत नेपाली पार्टी/नागरिक सर्वोच्चता पार्टी नेपाल)
४७९
जनप्रिय लोकतान्त्रिक पार्टी
४२०
मितेरी पार्टी नेपाल
३८४
उन्नत लोकतन्त्र पार्टी
३२५
त्रिमुल नेपाल
३१४