हालसम्म कांग्रेस, एमाले र नेकपाले जितेका स्थान (हेर्नुस सुची)

हालसम्म कांग्रेस, एमाले र नेकपाले जितेका स्थान (हेर्नुस सुची)


  • जन संचार
  • आइतबार, २४ फाल्गुन २०८२
  • 5K
    Shares

पोखरा २४ फागुन २०८२।

प्रतिनिधि सभामा एक सय ६५ सदस्य पदका लागि भएको चुनाबमा हालसम्म एकसय २५ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। हालसम्मको प्राप्त मत परिणाम र अग्रताको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीले दुई-तिहाई बहुमत ल्याउन देखिएका छन्। अहिलेसम्म प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ६ स्थानमा जित हासिल गरेको छ भने दोश्रो ठुलो दल बनेको नेपाली कांग्रेसले १४, एमालेले सात , नेपाली कम्युनिष्ट पार्टीले ६ र श्रम संस्कृति पार्टी तथा राप्रपाका १ – १ जनाले चुनाब जितेका छन्।

यी हुन् कांग्रेसबाट निर्वाचित १४ सांसद

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ ।

रास्वपा ९८ सीट जितेर पहिलो हुँदा नेपाली कांग्रेस १४ सीटसहित दोस्रो स्थानमा छ । गणना जारी ठाउँमध्ये ३ स्थानमा कांग्रेसको अग्रता रहेको छ । आयोगको सवा ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार नरेन्द्रकुमार केरुङ- पाँचथर, सन्तोष सुब्बा- तेह्रथुम, प्रकाशसिंह कार्की- सोलुखुम्बु, मो. फिरदोश आलम- रौतहट २, टेकबहादुर गुरुङ- मनाङ, योगेश गौचन थकाली- मुस्ताङ सन्दीप राना- पाल्पा-१, अभिषेकप्रताम शाह- कपिलवस्तु ३, जयपती रोकाया- हुम्ला, खडकबहादुर बुढा- जाजरकोट। वासना थापा- दैलेख, विष्णुबहादुर खड्का- कर्णाली १, भरतकुमार स्वार- अछाम १, भरतबहादुर खड्का- डोटीले कांग्रेसबाट चुनाब जितेका छन्।

एमालेका ७ जना निर्वाचित, २ ठाउँमा अगाडि (सूची)

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । अहिलेसम्म एमालेबाट ७ जनामात्र निर्वाचित भएका छन् । गणना जारी रहेका ठाउँमा पनि ३ क्षेत्रमा मात्र अग्रता छ ।

एमालेका विजयी उम्मेदवारहरूमा कोशीमा ताप्लेजुङबाट क्षितिज थेवे, इलाम-२ बाट सुहाङ नेम्वाङ, धनकुटाबाट राजेन्द्रकुमार राई छन् । लुम्बिनीमा बाँके २ बाट मो‍. इश्तियाक राई, कर्णालीमा दैलेखबाट लक्ष्मीप्रसाद पोखरेल र सुदूरपश्चिममा बझाङबाट ऐनबहादुर मगर र दार्जुलाबाट गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन् ।

एमालेले लिड गरिरहेको २ क्षेत्रमध्ये  मुगुमा खड्ग शाही र बाजुरामा जनकराज गिरी रहेका छन् ।

नेकपाबाट ६ जना विजयी, १ ठाउँमा अगाडि

प्रतिनिधिसभा निर्वाचन अहिलेसम्म १२५ ठाउँको नतिजा आइसक्दा नेपाली कम्युनिष्ट पार्टीका ६ जना विजयी भएका छन् ।

रुकुपपूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पाबाट वर्षमान पुन, डोल्पाबाट धनबहादुर बुढा र रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानमा रमेश मल्ल र कालीकोटमा महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । गणना जारी रहेका क्षेत्रमध्ये सिन्धुपाल्चोक २ मा युवराज दुलालले लिड गरिरहेका छन् ।

प्रतिक्रिया