पोखरा,२० फागुन २०८२।
नेपाली कम्युनिष्ट पार्टीबाट पर्सा- २ का उम्मेदवार मनोज चौधरीसहित चार जना शंकश्पद बस्तु बमसहित पक्राउ परेका छन्।
प्रहरीको नियमित चेकजाँचका क्रममा बडनिहार क्षेत्रमा उनी लगायत चार जनालाई प्रहरीले शंकश्पद बस्तु बमसहित पक्राउ गरेको हो।
पर्सागढी नगरपालिका–३ बड्नियार चोकस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय नजिकै गरिएको नियमित सवारी चेकिङका क्रममा राति करिब ११ बजे बा१०च १२५० नम्बर कारबाट शंकाश्पद वस्तु बम भेटिए पछि सोही कारमा सवार उम्मेद्वारा चौधरीसहित चार जनालाई पक्राउ गरिएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।
प्रहरीका अनुसार, उक्त कारको डिक्कीबाट चार पोका शंकास्पद वस्तु ‘बम’ भेटिएको हो । घटनाको जानकारी पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर शंकास्पद वस्तुको परीक्षण गरेको थियो । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सो क्षेत्रलाई केही समयका लागि घेराबन्दी गरी सर्वसाधारणको आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
उक्त गाडीमा उम्मेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेको जनाइएको छ । गाडी चालक वीरगञ्ज–छपकैया निवासी मुन्ना अन्सारी रहेको प्रहरीले जनाएको छ । हाल गाडीमा सवार सबै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
शंकास्पद वस्तुको प्रकृति, त्यसको उद्देश्य र घटनाको वास्तविकताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र वस्तुको परीक्षणपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने जनाएको छ ।