सुरक्षाकर्मीलाई भत्तामा विभेद, प्रहरीलाई कम, सेनालाई धेरै

सुरक्षाकर्मीलाई भत्तामा विभेद, प्रहरीलाई कम, सेनालाई धेरै


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ जेष्ठ २०७४
  • 7K
    Shares

काठमाडौं ६ जेठ । स्थानीय तहको निर्वाचन सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले पाउने विशेष भत्तामा विभेद देखिएको छ।

निर्वाचनमा खटिएका सबै तहका सुरक्षाकर्मीलाई समान सुविधा उपलब्ध गराउने भनिए पनि सेना, प्रहरी र सशस्त्रले पाउने भत्ता तह र ठाउँ अनुसार फरक–फरक छ। प्रहरी प्रधान कार्यालयले प्रत्येक कर्मचारीका लागि खाजा भत्ता र दैनिक भत्ता गरी सात दिनको ५ सयका दरले ३ हजार ५ सय दिएको छ।

दुई चरणमा हुने स्थानीय तहको निर्वाचनमा सशस्त्र प्रहरी र नेपाली सेनालाई भने ११ हजार दिएको छ। नेपाल प्रहरीका करिब ४५ हजार कर्मचारी, सशस्त्रका करिब ३२ हजार र सेनाका २५ हजार निर्वाचन सुरक्षामा तैनाथ छन्।

सुगम–दुर्गम र जिम्मेवारीअनुसार, सैनिक जनशक्तिलाई ७ हजारदेखि १० हजार रुपैयाँसम्म भत्ता उपलब्ध गराउने तयारी सेनाको छ। नेपाल प्रहरीका एक कर्मचारीका अनुसार, कम्तीमा ६ हजार दिने भनिएको भए पनि सात दिनको भन्दै ३ हजार ५ सय मात्रै दिने निर्णयले सरकारी विभेद देखिएके एक प्रहरी कर्मचारीले बताए। राजधानी दैनिकमा खबर छ।

प्रतिक्रिया