गोरखामा बसको ठक्करबाट ९५ वर्षीया बृद्ध महिलाको मृत्यु

गोरखामा बसको ठक्करबाट ९५ वर्षीया बृद्ध महिलाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० फाल्गुन २०८२
  • 10K
    Shares

पोखरा, १० फागुन २०८२ ।

गोरखामा बसले ठक्कर दिंदा ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ।

काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नं को बसले शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा ठक्कर दिंदा ९५ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

उक्त बसको ठक्करबाट गम्भीर घाइते भएकी बृद्धा गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलोकी सुकमाया लामाको उपचारको क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाको सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । बसले ठक्कर दिँदा दाहिने खुट्टामा गम्भीर चोट लागेकी लामालाई तत्काल उद्धार गरेर प्रदेश अस्पताल गोरखा पुर्याइएको।

उक्त घटनापश्चात बसचालक र दुर्घटना गराउने बसलाई नियन्त्रण गरेर घटनाबारे आवश्यक अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार