पोखरा, ९ फागुन २०८२ ।
अबैध लागू औषध ब्राउन सुगरसहित स्याङजाबाट दुई जना युवा पक्राउ परेका छन्।
वालिङबाट भीरकोटतर्फ आउंदै गरेको ग २३ प ४०४२ नम्बरको स्कुटर भीरकोट नगरपालिका वडा नम्बर ४ स्थित सिद्धार्थ राजमार्गको सडकमा रोकेर चेकजांच गर्दा अबैध लागू औषध ब्राउन सुगरसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका युवाहरुमा वालिङ नगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय रोशन परियार र सोही ठाउँका ३४ वर्षीय पुकार लोहनी रहेको जिल्ला प्रहरी कार्यालय स्याङजले जानकारी दिएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी दहथुमको संयुक्त टोलीले गत बुधबार राती १० बजे पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
उनीहरुको साथबाट अबैध लागू औषध ब्राउन सुगर तीन ग्राम बरामद भएको प्रहरीले दाबी गरेको छ। उनीहरुको बिरुद्ध स्याङ्जा जिल्ला अदालतबाट लागू औषध सम्बन्धि कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।