मकवानपुरमा एकाबिहानै स्कारपियो दुर्घटना : चार जना घाइते

मकवानपुरमा एकाबिहानै स्कारपियो दुर्घटना : चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ फाल्गुन २०८२
  • 4.3K
    Shares

पोखरा, ९ फागुन २०८२ ।

मकवानपुरमा आज एकाबिहानै स्कारपियो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

बीरगन्जबाट काठमाण्डौतर्फ जादै गरेको ना ४ च ९७७७ नं.को स्कारपियो गाडी आज बिहान छ बजेको समयमा मकवानपुर इन्द्रसरोवर गा.पा.२ सुकौरा बेसी स्थित कुलेखानी फाखेल काठमाण्डौ सडकखण्डमा दुर्घटनाग्रस्त हुँदा चार जना घाइते भएका हुन्।

उक्त गाडी दुर्घटनाम स्कारपियो चालक कलैया उपमहान्गरपालिका वडा नम्बर २ बस्ने बर्ष अन्दाजी वर्ष ३८ को बिजय यादव, सवार सवारी कलैया ७ बरेवाका अन्दाजी ५० वर्षीय सन्तोष कुमार गुप्ता, उनको ४० वर्षीया श्रीमती शोभा गुप्ता र १६ वर्षीय छोरा अनमोल गुप्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घाइते मध्ये शोभा गुप्ताको अवस्था गम्भीर रहेको छ भने भने अन्यको अवस्था मध्यम रहेको बताइएको छ।

दुर्घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी फाखेलबाट खटिएको प्रहरी टोलीले घाइतेहरुको उद्धार गरेर उपचारका लागि काठमाण्डौतर्फ पठाईएको प्रहरीले जानकारी दिएको छ।

चालक निदाउन गई स्कारपियो गाडी अनियन्त्रित भएर सडकबाट अन्दाजी ३० मिटर तल शाखा बाटोमा खसेको प्रहरीले जनाएको छ।

निम्न घाइतेहरु;-
१) स्कारपियो चालक जिल्ला बारा कलैया उ.म.न.पा.२ बस्ने बर्ष अं.३८ को बिजय यादवको वाया हात,खुट्टामा चोट अवस्था मध्यम
२) सोही गाडीमा सवार सवारी धनी ऐ.ऐ.७ बरेवा बस्ने बर्ष अं.५० को सन्तोष कुमार गुप्ताको छातीमा भित्री चोट अवस्था मध्यम
३) निजको श्रीमती बर्ष अं.४० की सोभा गुप्ताको कम्मर,टाउकोमा चोट अवस्था गम्भिर
४) निजको छोरा बर्ष अं.१६ को अनमोल गुप्ताको दाहिने खुट्टामा चोट अवस्था मध्यम ।

प्रतिक्रिया