कैलालीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा तीन जनाको मृत्यु, एक घाइते

कैलालीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा तीन जनाको मृत्यु, एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ फाल्गुन २०८२
  • 3.5K
    Shares

पोखरा, ९ फागुन २०८२ ।

कैलालीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ।

गोदावरीबाट अत्तरियातर्फ आउँदै गरेको सुप प्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल कैलालीको गोदावरी नगरपालिका–४ स्थित वनदेवी मन्दिर नजिक शुक्रबार साँझ एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो।

उक्त दुर्घटनामा घाइते भएका गोदावरी नगरपालिका–१ का २१ वर्षीय हरिश विक र सोही ठाउँका अन्दाजी २५ वर्षीय योगेन्द्र शाह र धनगढी–२ निवासी हरिष ओलीको उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए।

सोही दुर्घटनामा घाइते गोदावरी–६ का अन्दाजी २३ वर्षीय जीवन पाठकको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण, सवारीको गति र सम्भावित लापरबाहीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया