लमजुङमा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु 

लमजुङमा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु 


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ फाल्गुन २०८२
  • 7.4K
    Shares

पोखरा, ९ फागुन २०८२ ।

लमजुङमा आफैंले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु भएको छ।

लमजुङको – दोर्दी गाउँपालिका–१, भारते ढिन गाउँमा आफैंले चलाएको ग १ त ४३९४ नं. को ट्याक्टरले च्यापिएर शुक्रबार चालकको घट्नास्थलमै मृत्यु भएको हो । 

उक्त ट्याक्टरले च्यापिएर नुवाकोट जिल्ला घर भइ हाल सुन्दरबजार नगरपालिका–६, सित्तलचौतारी बस्दै आएका ट्याक्टर चालक ४२ बर्षीय शेर बहादुर तामाङको मृत्यु भएको हो।

प्रहरीका अनुसार , सोहि ठाउँमा लोड गरिएको ढुङ्गा ओसारपसार गर्ने क्रममा त्यस ट्याक्टर शुक्रबार बिहान पौन ११ बजेतिर अचानक सडकमा पल्टिन पुगेको हो । सोहि क्रममा अगाडिको इञ्जिनसहितको भाग माथि उठेर झर्दा चालक बसेको सिटसमेत च्यापिएर उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार जेसिभिको प्रयोग गरी चालक तामाङको शव निकालिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया