दोलखामा बुहारीको हत्या गरेर भागेका जेठाजु प्रहरीको फन्दामा

दोलखामा बुहारीको हत्या गरेर भागेका जेठाजु प्रहरीको फन्दामा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ फाल्गुन २०८२
  • 6.4K
    Shares

पोखरा, ९ फागुन २०८२ ।

दोलखामा बुहारीको हत्या गरेर भागेका जेठाजु प्रहरीको फन्दामा परेका छन्।

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ५ बन्देथलीमा ५१ बर्षिया बुहारी देउमाया थामीको ह`त्या गरेर भागेका जेठाजु प्रहरीको फन्दामा परेका हुन्।

बुहारी देउमायालाई घरेलु हतियार खुकुरी र ढुङ्गाले टाउकोमा हानेर हत्या गरी भागेका जेठाजु ६८ बर्षिय चन्द्र बहादुर थामीलाई घट्नास्थलभन्दा चार किलोमिटर टाढा कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ लेप्टुङको अधेरी खोलाको खोल्साबाट पक्राउ गरिएको ल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

अभियुक्त चन्द्र बहादुरको साथबाट ह`त्यामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए । घट्नाको विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रतिक्रिया