जेन जी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना मुर्ति चोरहरु धनुषाबाट फेरि पक्राउ

जेन जी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना मुर्ति चोरहरु धनुषाबाट फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ फाल्गुन २०८२
  • 5.3K
    Shares

पोखरा, ८ फागुन २०८२ ।

जेन जी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना मुर्ती चोरहरु धनुषाबाट फेरि पक्राउ परेका छन्।

जेन जी आन्दोलनका क्रममा कारागारबाट भागेका दुई जना मुर्ती चोरहरु क्षीरेश्वरनाथ नगरपालिका ४ का २२ वर्षीय मो. नर्सुद्दिन साह र ३० वर्षीय मो. सरिफ मुसलमान धनुषाबाट फेरि पक्राउ परेका हुन्।

उनीहरु धनुषाको रमदैया भवाडीस्थित प्रसिद्ध राजदेवी मन्दिरबाट २०७९ साल फागुन १४ गते राति भएको मूर्ति चोरीको आरोपमा पक्राउ परेर जेल चलान भएका थिए। जिल्ला अदालतले उनीहरुसंगै चार जनालाई कारागार पठाएको थियो।

फरार अभियुक्त पक्राउ परेसँगै उक्त चोरी प्रकरणमा थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया