चुनाब बिरोधी गतिबिधि गरेको भन्दै वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विक पक्राउ

चुनाब बिरोधी गतिबिधि गरेको भन्दै वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य विक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ फाल्गुन २०८२
  • 4.9K
    Shares

पोखरा, ८ फागुन २०८२ ।

आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य नरेन्द्र बहादुर विक भनिने नरेन्द्र बहादुर रिजाल बुधबार काठमाडौँबाट परेका छन् ।

कैलालीको लम्किचुहा घर भएर काठमाडौँको डल्लु बस्ने ४७ वर्षीय नरेन्द्र बहादुर विक भनिने नरेन्द्र बहादुर रिजाललाई फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रामेश्वर कार्कीले जानकारी दिए। फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । विकमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया