जेन जी आन्दोलनमा तनहुँ कारागारबाट भागेका बन्दी लमजुङबाट पक्राउ

जेन जी आन्दोलनमा तनहुँ कारागारबाट भागेका बन्दी लमजुङबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 12K
    Shares

सुजन भन्ने सौजन गुरुङ

पोखरा, ७ फागुन २०८२ ।

जेन जी आन्दोलनका क्रममा तनहुँ जिल्ला कारागारबाट भागेका एक बन्दी लमजुङबाट पक्राउ परेका छन्।

जेन जी आन्दोलनका क्रममा गएको भदौ २४ गते तनहुँ जिल्ला कारागारबाट भागेका लमजुङ सुन्दरबजार नगरपालिका वडा नं. ९ फेदिकुना घर भएका वर्ष २५ को सुजन भन्ने सौजन गुरुङ लमजुङको सुन्दरबजार नगरपालिका वडा नम्बर ७ पाउंदीबाट आज पक्राउ परेका हुन्।

तनहुँ जिल्ला कारागारबाट भागेर काठमाण्डौमा लुकी बसेका सुजन भन्ने सौजन गुरुङलाई घर आई फर्किएर फेरी काठमाण्डौ जान लाग्दा इलाका प्रहरी कार्यालय भोटेओडार लमजुङबाट खटिएको प्रहरी टोलीले पाउँदीबाट पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।

काठमाण्डौ जाने तयारी गरिरहेको बेला पाउँदीमा सवारी चेकजाँच गरिरहेको प्रहरी टोलीले सुजन भन्ने सौजन गुरुङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

निज सुजन भन्ने सौजन गुरुङ लागु औषध (Tramadol) सम्बन्धि कसुर मुद्दामा तनहुँ जिल्ला अदालतबाट तीन वर्ष कैद र दुई लाख रुपियाँ जरिवाना तोकी कारागार कार्यालय तनहुँमा कैद सजाय भुक्तान गरिरहेको अवस्थामा जेन जी आन्दोलनका क्रम भागेका बताइएको छ।

निज सुजन भन्ने सौजन गुरुङलाई कैद सजाय भुक्तानको लागी कारागार कार्यालय तनहुँ तर्फ पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया