सर्लाहीमा नक्कली पेस्तोल ठानेर खेलाउँदा पड्कियो, एक बालक घाईते

सर्लाहीमा नक्कली पेस्तोल ठानेर खेलाउँदा पड्कियो, एक बालक घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 9.7K
    Shares

पोखरा, ७ फागुन २०८२ ।

सर्लाहीमा नक्कली पेस्तोल भनेर खेलाउँदा पड्किएर एक बालक घाईते भएका छन् ।

सदरमुकाम मलंगवामा आज दिउँसो पेस्तोल पड्किँदा १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।

घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको एउटा वस्तु फेला पारेपछि आकाशले खोलेर हेर्दा पेस्तोल भेटिएको थियो । उनले त्यो पेस्तोल नक्कली ठानेर चलाउने क्रममा अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिएका छन् ।

डिएसपी राईका अनुसार गोली उनको दाहिने हातको पन्जामा लागेको छ । गोली लागेर घाईते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ । पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी राईले बताएका छन् ।

प्रतिक्रिया