पोखरा, ७ फागुन २०८२ ।
नेपाली काँगेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला “मधु”ले जेन्जी युवाहरुको मागलाई चुनाब पछि बन्ने नेपाली कांग्रेसको सरकारले आस्वासन दिएका छन्मु।
चुनाब प्रचार-प्रसारको क्रममा तीब्र गतिले घरदैलो कार्यक्रम गरिरहेका कांग्रेसी उम्मेदवार बास्तोलाले बुधबार पोखरा महानगरपालिका वडा नम्बर ७ रत्नचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै त्यस्तो आस्वासन दिएका हुन्।
नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट पार्टी सभापति युवालाई नै सुम्पिएको जिकिर गर्दै उनले आफ्नो विचारमा स्पष्ट रहेको नेपाली काँग्रेस संविधान संशोधनमार्फत संविधानका त्रुटि-कमजोरी सच्याएर अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरे।
सोही कोणसभामा काँग्रेसका नेता सोभियत बहादुर अधिकारी,बीरेन्द्रनारायण विजुक्छे, दुर्गा तिमिल्सेना, किरण केसी, केशर निर्दोषी लगायतका नेता सहभागी थिए ।

मतदाताको आशिरबाद लिंदै नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद बास्तोला “मधु”
नेपाली काँगेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोलाले बुधबार पोखरा–७ का विभिन्न टोल – टोलमा पुगेर मतदाताको सुझाव संकलन माग्दै आफ्नो पक्षमा मत मागेका थिए।
पोखरा–७ को मासवारबाट सुरु गरिएको घरदैलो कार्यक्रम शान्तिनगरचोक नुवारथोक, बुलौदी, रत्नचोक, राष्ट्रबैंक चोक, टुरिष्ट वसपार्क, माछापुच्छ«े टोल, अन्नपूर्णटोल, सिमलचौर,मुस्ताङ्चोक,प्रगतिनगर, घारिपाटन, राधकृष्ण टोलमा घरदैलो कार्यक्रम गरिएको जानकारी नेपाली काँग्रेस वडा नं ७ का सभापति नवीन बरालले दिए ।
त्यसैगरी मंगलबार पोखरा–१५ को कोलपाटन, रामबजार,नयाँगाउँ, टुटुङ्गा हरियोखर्क लगायतका स्थानमा मतदाताको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । घरदैलोको क्रममा खानेपानी, पुल,सडक, ढल लगमस्या ायतका स ायतका समस्या मतदाताले राखेका थिए ।