कीर्तिपुरमा चोरी गरी मोटरसाइकल चढेर भागेका दुई युवायुवती पक्राउ

कीर्तिपुरमा चोरी गरी मोटरसाइकल चढेर भागेका दुई युवायुवती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 2.7K
    Shares

काठमाण्डौ, ७ फागुन २०८२।

कीर्तिपुरमा चोरी गरेर मोटरसाइकल चढेर भागेका दुई युवायुवती पक्राउ परेका छन्।

कीर्तिपुरको चम्पादेवी बसपार्क नजिकै गएको आइतबार घर फोरेर मोटरसाइकलमा भागेका दुई जना युवायुवती पक्राउ परेका हुन्। उक्त चोरीमा संलग्न रहेको आरोपमा १९ वर्षकी सुनिता बस्याल र २६ वर्षीय भुवन प्रधानलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको साथबाट नगद एक लाख ४८ हजार चार सय ४९ रूपैयाँ, सुन–चाँदीका गरगहना, र चोरीमा प्रयोग गरिएको मोटरसाइकल तथा तीन वटा मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया