बागलुङको बडिगाडमा भएको जिप दुर्घटनाका घाइते दुई जना छ घण्टा लगाएर गल्कोट नगर अस्पताल ल्याइयो

बागलुङको बडिगाडमा भएको जिप दुर्घटनाका घाइते दुई जना छ घण्टा लगाएर गल्कोट नगर अस्पताल ल्याइयो


  • जन संचार
  • बिहिबार, ७ फाल्गुन २०८२
  • 6.9K
    Shares

बागलुङ ७ फागुन २०८२।

बागलुङको बडिगाड गाउँपालिकामा बुधबार भएको पिकअप दुर्घटनाका घाइतेहरुलाई छ घण्टा लगाएर उपचारका लागि गलकोट नगर अस्पताल पुर्याइएको छ।

बडिगाड गाउँपालिकाको खोलाखर्कमा बुधबार बिहान करिब ९ बजे भएको ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप जिप दुर्घटनाका घाइतेहरुलाई छ घण्टा लगाएर उपचारका लागि गलकोट नगर अस्पताल पुर्याइएको हो ।

बडिगाड गाउँपालिका वडा नं ८ बाट गलकोट हटिया जाँदै गरेको उक्त पिकअप जिप डकबाट करिब २५ मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा नसिङ, खोलाखर्क निवासी ७३ वर्षीय यम बहादुर श्रीस र सोही स्थानका ५६ वर्षीय वेद बहादुर श्रीस घाइते भएको इलाका प्रहरी कार्यालय गलकोटले जानकारी दिएको छ ।

छ जना सवार उक्त जिपमा छ जना यात्री रहेकोमा उनीहरु घाइते भएका थिए। बिहान करीब नौ बजे दुर्घटनामा परेका उनीहरुलाई दिउसो साढे तीन बजेतिर मात्र उपचारका लागि गलकोट नगर अस्पताल पुर्याइएको प्राप्त समाचारमा जनाइएको छ।

घाइते दुई जना मध्ये यम बहादुर श्रीसको निधार र टाउकोमा चोट लागेको तथा दायाँ खुट्टामा भित्री चोट रहेको छ भने वेद बहादुर श्रीसको बाहिरी चोट नदेखिए पनि भित्री चोट रहेको र अवस्था मध्यम रहेको जनाइएको छ। दुवै घाइतेको हाल नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया