किशोरी बलात्कारको अभियोगमा सिन्धुलीको दुधौली नगरपालिकाका मेयर अधिकारी पक्राउ

किशोरी बलात्कारको अभियोगमा सिन्धुलीको दुधौली नगरपालिकाका मेयर अधिकारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ फाल्गुन २०८२
  • 4.5K
    Shares

पोखरा, ६ फागुन २०८२।

किशोरी बलात्कार गरेको अभियोगमा सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवार पक्राउ परेका छन्।

होटलमा काम गर्ने एक किशोरीलाई वलात्कार गरेको आरोपमा मेयर दिनेश अधिकारी दनुवार पक्राउ परेका हुन्।

गत वैशाखमा उनीविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिएकी थिइन् । किशोरी १७ वर्षको उमेर हुँदा जबरजस्ती करणीमा परेर उनलाई गर्भवती बनाएको र किशोरीले बच्चासमेत जन्माएकी जाहेरीमा उल्लेख छ । ती बालिकाले २०८१ फागुनमा बच्चा जन्माइसकेकी छन् ।

जााहेरीमा उल्लेख गरेअनुसार किशोरी दुधौली नगरपालिकाकै एक होटलमा कार्यरत रहँदा मेयर दनुवारले जबरजस्ती करणी गरेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी प्राप्त भएपछि प्रहरीले अनुसन्धान जारी गरेको जनाए पनि मेयर फरार थिए । मंगलबार भने उनी आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।

निर्वाचनको मुखमा सिन्धुलीको दुधौली नगरपालिकाका नगर प्रमुख (मेयर) पक्राउ परेका छन् ।

किशोरीमाथि जबरजस्ती करणीको आरोपमा नगरप्रमुख दिनेश अधिकारी दनुवारलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको हो । गत वैशाखमा उनीविरुद्ध १८ वर्षकी किशोरीले जाहेरी दिएकी थिइन् ।

किशोरी १७ वर्षको उमेर हुँदा जबरजस्ती करणीमा परेर उनलाई गर्भवती बनाएको र किशोरीले बच्चासमेत जन्माएको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जबरजस्ती करणीमा परेकि किशोरीले २०७१ गत फागुनमा बच्चा जन्माइसकेकी छन् । शिशु जन्मिएपछि घटना सार्वजनिक भएको थियो ।

प्रहरीकोमा किटानी जोहरी भएपनि मेयर फरार थिए । उनी हिजो भने उनी आफैँ जिल्ला प्रहरी कार्यालय पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार मेयर अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया