पोखराका चार युवा लागू औषधसहित स्याङ्जामा पक्राउ

पोखराका चार युवा लागू औषधसहित स्याङ्जामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ फाल्गुन २०८२
  • 6K
    Shares

टाफिक चेकिङ्ग

पोखरा, ६ फागुन २०८२।

पोखराका चार युवा लागू औषधसहित स्याङ्जामा पक्राउ परेका छन्।

ग १ ज २२८९ नम्बरको ट्याक्सीमा पोखरातर्फ आउदै गरेका पोखराका चार युवा स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीस्थित सिद्धार्थ राजमार्गबाट गएको सोमबार राती ११ बजे लागू औषधसहित पक्राउ परेका हुन्।

पक्राउ परेका युवाहरुमा पोखरा महानगरपालिका वडा नम्बर १७ निवासी ३३ वर्षीय बिनोध बिक , ३४ वर्षीय नरेन्द्र भुजेल , ३९ वर्षीय मिलन गुरुङ र ३९ वर्षीय राजेन्द्र कामी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी डिएसपी प्रसन्नराज चौधरीले जानकारी दिए।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङजा र अस्थायी प्रहरी चौकी राम्दीको संयुक्त प्रहरी टोलीले राम्दीमा सवारी चेकिङ् गर्ने क्रममा गाडीको सिटमुनि लुकाई राखेको अबैध लागू औषधसहित पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ। उनीहरुको साथबाट बुप्रेनोफ़िन इन्जेक्सन ६ थान , प्रोमेथोजिन हाइड्रोक्लोराइड फेनेर्नन ५ एम्पुल र डाईजेपाम इन्जेक्सन पांच थान बरामद भएको पनि प्रहरीले जानकारी दिएको छ।

उनीहरुबिरुद्ध लागू औषध मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप भै अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया