पोखराको फुलाबारीबाट अबैध लागू औषधसहित एक जना युवा पक्राउ

पोखराको फुलाबारीबाट अबैध लागू औषधसहित एक जना युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ फाल्गुन २०८२
  • 10K
    Shares

पोखरा, ५ फागुन २०८२।

पोखराको फुलाबारीबाट अबैध लागू औषधसहित एक जना युवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको
संयुक्त प्रहरी टोलीले पोखराको फुलाबारीबाट सोमबार साँझ सात बजे अबैध लागू औषधसहित स्थानीय वर्ष ३१ को सुरज सार्की पक्राउ परेका हुन्।

सार्कीको डेराकोठाबाट लागू औषध डाईजापाम- २३ एम्पुल, फेनेरागन- २३ एम्पुल र ब्रुफिनुर्फिन- २३ एम्पुल गरी जम्मा ६९ एम्पुल लागू औषध र मोवाईल थान १ बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्त सार्कीबिरुद्ध गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया