पोखरा, ५ फागुन २०८२।
स्याङजाको आंधीखोला गाउँपालिकाबाट तीन जना हत्यारा पक्राउ परेका छन्।
जिल्ला अदालत स्याङजाले कर्तब्य ज्यान मुद्दामा दोषी ठहर भै १० महिना कैद सजायं तोकिएका तीन जना हत्याराहरुलाई प्रहरीले स्याङजाको आंधीखोलाबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा आंधीखोला गाउँपालिकाको वडा नम्बर ५ का जुठे दमै भन्ने पहले दर्जी, सोही ठाउँका गम्भीर दमै र भद्रसिंह गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका सुचना अधिकारी डिएसपी प्रसन्नराज चौधरीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङजाले जारी गरेको प्रेस बिज्ञप्तिमा उनीहरुले कहिले कसको हत्या गरेका हुन् र जिल्ला अदालतले उनीहरुबिरुद्ध कहिले फैसला गरेको हो खुलाइएको छैन। तर उनीहरुलाई आज पक्राउ गरेर कैद भुक्तानका लागि स्याङजा जिल्ला कारागारमा बुझाइएको प्रहरीले जनाएको छ।