फेवातालको मापदण्ड भित्र निर्मित दुई वटा अनधिकृत संरचना हटाइए

फेवातालको मापदण्ड भित्र निर्मित दुई वटा अनधिकृत संरचना हटाइए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ फाल्गुन २०८२
  • 6.1K
    Shares

पोखरा, ५ फागुन २०८२।

पोखरा महानगरपालिका वडा नं.१८ रातोमाटे डाँडा र सेदिमा अनधिकृत रूपमा निर्माण गरिएको संरचना हटाइएको छ ।

फेवातालको मापदण्ड भित्र निर्माण गरी क्याफे सञ्चालनको तयारी भइरहेको रातोमाटे डाँडा स्थित सुनिल गुरुङ र सेदि स्थित किशोर दाहालको अस्थायी संरचना हटाइएको हो ।

गुरुङले सर्वोच्च अदालतको आदेशअनुसारको ६५ मिटर भित्र र दाहालले फेवातालको ताल घर भित्र पर्ने क्षेत्रमा संरचना निर्माण गरेको पाइएपछि हटाइएको हो ।

प्रतिक्रिया