पोखरा, ४ फागुन २०८२ ।
स्याङजामा ७१ वर्षीय वृद्धको हत्या गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन्।
जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ बाजपुर बस्ने ७१ वर्षीय तुलबहादुर कार्कीको हत्या गरेको आरोपमा सोही गाउँका युवा पक्राउ परेका हुन्।
७१ वर्षीय बृद्ध कार्कीको हत्या गरेको आरोपमा उनकै छिमेकी ३५ वर्षीय तोरण कार्कीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार , शनिबार राती सात बजे खान खाएर सुतेका बृद्ध कार्की भोलिपल्ट बिहान साढे सात बजे मृत भेटिएका थिए। उक्त खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट एक प्रहरीटोली आबश्यक अनुसन्धानका लागि घटनास्थल पुगेको थियो।
घटनास्थलमा पुगेको प्रहरीले ,मृतकको शरीरका विभिन्न भागहरुमा चोटपटक देखे पछि उनको हत्या भएको हुनसक्ने निर्क्यौल गर्दै सोधीखोजी गरेको प्रहरीले बताएको छ। सोही क्रममा बृद्ध कार्कीको हत्यामा संलग्न रहेको आरोपमा रहेको तोरण कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रसंनाराज चौधरीले जनाकारी दिए।
अभियुक्तविरुद्ध जिल्ला अदालतबाट कर्तब्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरी पांच दिनको म्याद थप गरेर आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।