जेन जी आन्दोलनका क्रममा काठमाण्डौका कारागारहरुबाट भागेका एक भारतीयसहित सात बन्दी पक्राउ

जेन जी आन्दोलनका क्रममा काठमाण्डौका कारागारहरुबाट भागेका एक भारतीयसहित सात बन्दी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ फाल्गुन २०८२
  • 3.6K
    Shares

प्रहरी नै पक्राउ

पोखरा , ४ फागुन २०८२।

जेन जी आन्दोलनका क्रममा काठमाण्डौका विभिन्न कारागारहरुबाट भागेका एक भारतीयसहित सात बन्दी पक्राउ छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले गएको भाद्र २४ गते भएको जेन जी आन्दोलनका क्रममा काठमाण्डौका विभिन्न कारागारहरुबाट भागेका एक भारतीयसहित सात बन्दी पक्राउ छन्।

प्रहरीका अनुसार , पक्राउ परेका बन्दीहरुमा लागु औषध मुद्दाका बन्दी भारतीय नागरिक रोसन साह , चोरी मुद्दाका लमजुङको दूधपोखरी गाउँपालिका ४ घर भइ काठमाडौंको कलंकी बस्ने वर्ष २० को प्रितम गुरुङ, डाँका चोरी मुद्दाका रसुवाको उत्तरगया गाउँपालिका १ घर भइ काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ बन्चरेटार चोक बस्ने वर्ष ४१ को तेन्जिङ बहादुर तामाङ र मानव बेचबिखन तथा ओसारपसार मुद्दाका कञ्चनपुर, पुनर्वास नगरपालिका घर भइ काठमाडौं, सुन्धारा बस्ने वर्ष २३ की बविता तामाङ रहेका छन्।

त्यस्तै नकवजनि चोरी मुद्दाका काभ्रेपलान्चोकको ठाँटि चापखोरी घर भएको वर्ष २२ को विक्रम नेपाली, लागु औषध मुद्दाक दोलखाको मेलुङ गाउँपालिका २ घर भएको भुवन तामाङ र ज्यान मार्ने उद्योग मुद्दाका सिन्धुलीको फिक्कल गाउँपालिका ३ घर भएको अनिस मगर पनि फेरि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका सातै जनालाई आबश्यक कानूनी प्रक्रियाका लागी सम्बन्धित कारागार कार्यालय दाखिला गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया