डडेल्धुरामा गएराती ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

डडेल्धुरामा गएराती ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ फाल्गुन २०८२
  • 2.4K
    Shares

पोखरा , ४ फागुन २०८२।

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

चमडाबाट डडेल्धुरातर्फ जाँदै गरेको सु.प. ५.०१००२त ७४२८ नम्बरको ट्याक्टर आइतबार राति साढे ११ बजेतिर अजयमेरु गाउँपालिका-२ स्थित चमडामा अनियन्त्रित भएर सडकबाट डेढ सय मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा जनाकाे मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका हुन् ।

उक्त दुर्घटनामा कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-२ बाणी बस्ने वर्ष २० वर्षीय सन्दिप चौधरीको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जाेराले जानकारी दिए ।

सोही दुर्घटनामा परेर कृष्णपुरकै २० वर्षीय जोन चाैधरी, २३ वर्षीय उमेश राना र मुख र २० वर्षीय पुरन चौधरी घाइते छन् । उनीहरूकाे डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया