नवलपुरको हुप्सेकोटमा जंगली मौरीले टोकेर दर्जन बढी घाइते

नवलपुरको हुप्सेकोटमा जंगली मौरीले टोकेर दर्जन बढी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ फाल्गुन २०८२
  • 6.5K
    Shares

पोखरा , ४ फागुन २०८२।

नवलपुरको हुप्सेकोटमा जंगली मौरी (खावा) ले टोकेर दर्जन बढी घाइते भएका छन्।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिका वडा नम्बर १ बेलुवामा जंगली मौरीले टोकेर दर्जन बढी मानिस घाइते भएका हुन् । आइतबार दिउँसो बेलुवाको एउटा बाँसको झ्याङ्गमा रहेको जंगली मौरीलाई चिलले हानेर उडाएपछि खेतमा काम गरेका दर्जन भन्दा बढी किसानलाई टोकेर घाइते बनाएको स्थानीय थमन सिंह गुरुङ्गले जानकारी दिए ।

खावाले टोकेर हुप्सेकोट १ बेलुवाका बिक्रम गुरुङ्गसहित दर्जन बढी घाइते भएका छन् । ६ जना मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचाररत छन् भने बाँकी केहिलाई सामान्य उपचारपछि रिफ़र गरिएको छ ।

नवलपुरको हुप्सेकोटमा जंगली मौरीले टोकेर घाइते महिला
नवलपुरको हुप्सेकोटमा जंगली मौरीले टोकेर घाइतेरुको उपचार हुँदै

प्रतिक्रिया