रौतहटमा मोटरसाइकल अनियन्त्रित भएर गहुँ खेतमा पल्टिँदा दम्पत्तिको मृत्यु

रौतहटमा मोटरसाइकल अनियन्त्रित भएर गहुँ खेतमा पल्टिँदा दम्पत्तिको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ फाल्गुन २०८२
  • 5.5K
    Shares

पोखरा , ३ फागुन २०८२।

रौतहटमा मोटरसाइकल अनियन्त्रित भएर गहुँ खेतमा पल्टिँदा एक दम्पत्तिको मृत्यु भएको छ।

गंगा पिप्राबाट गौरतर्फ आइरहेको BR 30 U 1371नम्बरको मोटरसाइकल गौर–पिपरा जाने सडकखण्ड अन्तर्गत सरूअठामा रहेको झाझपुल नजिकै रहेको मोडमा अनियन्त्रित भै गहुँखेतमा पल्टिंदा दम्पत्तिको मृत्यु भएको हो।

प्रहरीका अनुसार , मृत्यु हुनेमा यमुनामाई गाउँपालिका वडा नं. ४, सरूअठा निवासी अन्दाजी २४ वर्षीय दिपेन्द्र साह र उनको अन्दाजी २१ वर्षीय श्रीमती रहेकि छिन्।

दुवै जनाको शव मोटरसाइकलसहित एकै स्थानमा फेला परेको छ भने प्रहरीद्वारा घटनाबारे थप अनुसन्धान जारि छ।

प्रतिक्रिया