दोलखामा जेठाजुले आफ्नै बुहारीको गरे हत्या

दोलखामा जेठाजुले आफ्नै बुहारीको गरे हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ फाल्गुन २०८२
  • 5.6K
    Shares

पोखरा , ३ फागुन २०८२।

दोलखामा जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन्।

दोलखाको कालिञ्चोक गाउँपालिका-५ बन्देथलीका ६८ वर्षीय चन्द्र बहादुर थामीले शनिबार दिउसो करीब चार बजेको समयमा आफ्नै ५१ वर्षीया बुहारी देउमाया थामीको हत्या गरेका हुन् ।

कालिञ्चोक–५ स्थित बलम्बुमा सामान्य विवाद हुँदा आक्रोशित बनेका चन्द्र बहादुरले बुहारी देउमायालाई खुकुरीले हानेपश्चात ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

बुहारीको हत्या गरे लगत्तै भागेका चन्द्र बहादुर थामीलाई साँझ करिब ४ किलोमिटर दक्षिण कालिञ्चोक गाउँपालिका–६, लेप्टुङस्थित अँधेरीखोलाको खोल्चामा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक मनोज कुमार लामाले जानकारी दिए। प्रहरीले उनको साथबाट हत्यामा प्रयोग गरिएको खुकुरी समेत बरामद गरेको छ । पक्राउ परेका थामीमाथि थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको दोलखा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया