पाल्पामा टिपरले मोटरसाइकललाई ठक्कर दिदा दुईजनाको मृत्यु

 पाल्पामा टिपरले मोटरसाइकललाई ठक्कर दिदा दुईजनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ फाल्गुन २०८२
  • 8.6K
    Shares

पोखरा, २ फागुन २०८२।

 पाल्पाला टिपरले मोटरसाइकललाई ठक्कर दिदा दुईजनाको मृत्यु भएको छ।

बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको लु४९प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु२ख १८८३ नम्बरको टिपरले  सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका ३ दोभानमा आज दिउँसो साढे २ बजे ठक्कर दिंदा दुईजनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा रूपन्देहीको बुटवल उपमहानगरपालिका ८ सुख्खानगरका २८ वर्षीया सीता राना, गुल्मीको कालीगण्डकी गाउँपालिका ४ पुर्तीघाटका ३१ वर्षीय मिलन सार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए।

घाइतेहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। टिपर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया