बागलुङमा स्कुल भ्यान दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

बागलुङमा स्कुल भ्यान दुर्घटना अपडेट : थप एक जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ फाल्गुन २०८२
  • 11K
    Shares

पोखरा, २ फागुन २०८२।

बागलुङ नगरपालिका–३ रातमाटामा बिहीबार भएको स्कूल भ्यान दुर्घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

बागलुङ नगरपालिका–१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमी ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना हुँदा घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका बागलुङ नगरपालिका वडा नम्बर ३ निवासी १३ वर्षीय सुजल छन्त्यालको साबिक पश्चिमाञ्चल क्षेत्रिय अस्पताल हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराती मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यस अघि सोहि दुर्घटनामा परेर १५ वर्षीय अमन बोहोराको मृत्यु भएको थियो।

सोहि दुर्घटनामा घाइते भएका बिरामीहरुको अझै विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा १४ वर्षीय संगम किसान गम्भीर अवस्थामा उपचाररत छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार