गएराती फेवातालमा कार खसेर दुर्घटनाग्रस्त : चालकको मृत्यु

गएराती फेवातालमा कार खसेर दुर्घटनाग्रस्त : चालकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २ फाल्गुन २०८२
  • 8.1K
    Shares

पोखरा, २ फागुन २०८२।

गएराती फेवातालमा कार खसेर दुर्घटनाग्रस्त हुँदा चालकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ५ पामे स्थित गैह्राकोचौतरा नजिक सडकबाट BAA 1582 नं. को कार गएको राती करीब सवा दुई बजेको समयमा फेवातालमा खसेर दुर्घटनाग्रस्त हुँदा कार चालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर स्याङ्जाको फेदीखोला गाउँपालिका वडा- ५ घर भई हाल पोखरा -७ मासबार बस्ने वर्ष २४ को अदित
गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका गण मालेपाटन पोखराले जानकारी दिएको छ।

कार फेवातालमा खसेर दुर्घटनाग्रस्त भएको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका गण मालेपाटन पोखराका गणपति सशस्त्र प्रहरी उपरीक्षक बसन्त बहादुर सिंहको कमाण्डमा गोताखोरसहितको २१ जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। सोहि टोलीले दुर्घटनाग्रस्त कार र कारचालक अदित गुरुङलाई तालबाट बाहिर निकालेको प्राप्त समाचारमा जनाइएको छ।

अचेत अवस्थामा उद्धार गरिएका फुरुङलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेजमा बिहान करीब ४:३४ बजे पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेको ससश्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया