पोखराको खपौदीस्थित फेवातालको पानीमा फेला परेको एसएलआर बन्दुक कसको होला ?

पोखराको खपौदीस्थित फेवातालको पानीमा फेला परेको एसएलआर बन्दुक कसको होला ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ फाल्गुन २०८२
  • 12.5K
    Shares

पोखरा, १ फागुन २०८२।

पोखराको माछा खाने थलोको रुपमा परिचित खपौदीस्थित फेवातालमा जलाहारीले हानेको जालमा अत्याधुनिक हतियार एसएलआर परेको छ।

स्थानीय ४२ वर्षीय कुमार जलाहारीले माछालाई हानेको जालमा अत्याधुनिक हतियार एसएलआर र त्यसमा लाग्ने १८ राउण्ड गोली परेको हो।

फेवातालमा माछालाई हानेको जालमा अत्याधुनिक हतियार एसएलआर र त्यसमा लाग्ने १८ राउण्ड गोली परेको खबर पाए पछि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

बरामद भएको उक्त हतियारको मु वा १११ (बट) नम्बर बडी नं.१३८१० लेखिएको भेट्टाएको प्राप्त समाचारमा जनाइएको छ।

उक्त अत्याधुनिक हतियारको रेकर्ड नेपाल प्रहरीको रेकर्डमा नदेखिएकाले उक्त हतियार नेपाल प्रहरीको नभएको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

उक्त हतियार माओवादी सशस्त्र युद्धका क्रममा तात्कालिन माओवादी छापामारहरुले पोखराको हल्लनचोक नजिक रहेको सशस्त्र प्रहरीको चेकपोस्ट आक्रमणका क्रममा हराएको हतियार हुनसक्ने सुरक्षा सम्बद्ध अधिकारीहरुले अड्कल गरेका छन्। उक्त आक्रमणमा परेर केही ससस्त्र प्रहरीको मृत्यु भएको थियो। चेक पोस्ट आक्रमणपछि माओवादीले कब्जामा लिएका ससश्त्र प्रहरीका हतियारमध्ये उक्त हतियार तालको पानीमा खसेर हराएको हुनसक्ने आशंका गरिएको छ। पोखराको

प्रतिक्रिया