अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डर पापारो आइपुगे नेपाल : यस्ता छन् कार्यक्रम

अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डर पापारो आइपुगे नेपाल : यस्ता छन् कार्यक्रम


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ फाल्गुन २०८२
  • 5.1K
    Shares

पोखरा, १ फागुन २०८२।

अमेरिकी सेनाको हिन्द–प्रशान्त (इन्डो–प्यासिफिक) क्षेत्रका कमान्डर सामुएल पापारो तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।

अमेरिकी एयरफोर्सको चार्टर विमानमार्फत उनी १३ सदस्यीय टोलीसहित हिजो राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

नेपाली सेनाले भ्रमणलाई नियमित भनेको छ। नेपाल बसाइका क्रममा पापारोले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साथै उनले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पनि भ्रमण गर्नेछन्।

प्रतिक्रिया