पोखरा, १ फागुन २०८२।
म्याग्दीमा राति बार्दलीमा सुतिरहेका दम्पत्तिमाथि कोदालो प्रहार गरी हत्या प्रयास भएको छ।
जिल्लाको मालिका गाउँपालिका वडा नं. ०६ गगनपानी बस्ने वर्ष ६२ का पुर्ण बहादुर गुरुङ र उनको वर्ष ६२ की टिकामाया गुरुङपुर्ण बहादुर गुरुङलाई गएको आइतबार बिहानपख करीब साढे दुई बजेको समयमा कोदालो प्रहार गरी हत्या प्रयास भएको हो ।
उनीहरुमाथि कोदालो प्रहार गरी भागेका मालिका गाउँपालिका वडा नं. १ निस्कोट बस्ने बर्ष ३५ को राम पुनलाई म्याग्दी सदरमुकाम बेनीबाट बुधबार पक्राउ गरी आबश्यक अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले उक्त आक्रमणमा प्रयोग भएको कैची एक थाग , डोरी दुई थान, कोदाली एक थान तथा रगत लागेको ज्याकेट र खुकुरी एक थान, र भिर्ने झोला एक थान बरामद भएको जिकिर गरेको छ।
अभियुक्त राम पुनबिरुद्ध म्याग्दी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा पाँच दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।