दैलेखमा फुटबल खेलेर घर फर्किँदै गरेका किशोरको चक्कु प्रहार गरी हत्या : दुई जना पक्राउ

दैलेखमा फुटबल खेलेर घर फर्किँदै गरेका किशोरको चक्कु प्रहार गरी हत्या : दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ फाल्गुन २०८२
  • 6.9K
    Shares

पोखरा, १ फागुन २०८२।

दैलेखमा फुटबल खेलेर घर फर्किँदै गरेका एक किशोरको चक्कु प्रहार गरी हत्या भएको छ।

जिल्लाको दुल्लू नगरपालिका–४ शान्ति बजारका १६ वर्षीय प्रकाश खनालको चक्कु प्रहार गरी हत्या भएको हो। चक्कु प्रहारबाट गम्भीर घाइते खनालको दुल्लू अस्पतालमा उपचारका क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खनालको हत्यामा संलग्न रहेको आरोपमा दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। घटनापश्चात भागेका उनीहरुलाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढाको चामुण्डाको जङ्गलबाट नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार एउटै किशोरीलाई मन पराउने विषयमा विवाद हुँदा घटना भएको बुझिएको छ। प्रत्यक्षदर्शीका अनुसार कुनै चेतावनी वा विवादबिना पछाडिबाट एक्कासी चक्कु प्रहार गरिएको थियो।

यस घटनाले दुल्लू क्षेत्र स्तब्ध र शोकमग्न बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया