कांग्रेस नेता रामजी पौडेल ‘बादल” हत्या प्रकरण : जन्मकैदको सजायं सुनाइएका रबिन केसी पोखरा लेकसाइडबाट पक्राउ

कांग्रेस नेता रामजी पौडेल ‘बादल” हत्या प्रकरण : जन्मकैदको सजायं सुनाइएका रबिन केसी पोखरा लेकसाइडबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १ फाल्गुन २०८२
  • 11.4K
    Shares

पोखरा, १ फागुन २०८२।

नेपाली कांग्रेसका नेता रामजी पौडेल (बादल) को हत्यामा दोषी ठहरिएका रविन केसी कास्की कारागार चलान भएका छन् । सर्वोच्च अदालतले उक्त हत्याकाण्डमा जन्मकैदको सजाय सुनाएकोे केसीलाई कास्की प्रहरीले बुधवार पोखराको लेकसाइडबाट पक्राउ गरेर फैसला कार्यन्बयानका लागि अदालतमा बुझाएकोमा कास्की कारागार चलान भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले केसीलाई बुधबार पोखराको लेकसाइडबाट पक्राउ गरेर फैसला कार्यान्बयनका लागि बिहीबार जिल्ला अदालत कास्कीमा पेश गरेको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डाक्टर कुमार चुडाल र नृपध्वज निरौलाको २०८१ साल चैत १७ गतेको संयुक्त इजलासले केसीसहित प्रकाश गुरुङ, विश्वास गौतम र राजु रानाभाटलाई ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको सजाय हुने फैसला गरेको थियो ।

२०७२ साउन २८ गतेको राती साविक लेखनाथ नगरपालिकाको गगनगौँडामा नेपाली कांग्रेसका कार्यकर्ताहरूबीचको आन्तरिक विवादमा रामजी पौडेलको हत्या भएको थियो । तत्कालीन समयमा नेपाल तरुण दलका केन्द्रीय सदस्य रहेका पौडेललाई योजनाबद्ध रूपमा हत्या गरिएको अदालतको ठहर छ ।

तत्कालीन समयमा कांग्रेसको आन्तरिक गुटबन्दी र क्षेत्रीय अधिवेशनका क्रममा उत्पन्न विवादले उग्र रूप लिँदा बादलको ज्यान गएको थियो । हत्यापछि लामो समयसम्म पोखरा र लेखनाथ क्षेत्र तनावग्रस्त बनेको थियो भने पीडित परिवारले न्यायका लागि लामो कानुनी लडाइँ लडेका थिए । जिल्ला अदालतले सुरुमा दोषी ठहर गरे पनि उच्च अदालतले कतिपय अभियुक्तलाई कम सजाय र सफाइ दिएको थियो । केसी पक्राउ परेसँगै अन्य दोषीहरूको खोजी कार्य र कानुनी प्रक्रियालाई थप तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया