बागलुङमा बोर्डिङ स्कुल भ्यान दुर्घटनाग्रस्त : एक जनाको मृत्यु, अन्य २५ जना घाइते (नामाबलीसहित)

बागलुङमा बोर्डिङ स्कुल भ्यान दुर्घटनाग्रस्त : एक जनाको मृत्यु, अन्य २५ जना घाइते (नामाबलीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ माघ २०८२
  • 8.1K
    Shares

पोखरा, २९ माघ २०८२।

बागलुङमा बोर्डिङ स्कुल भ्यान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्।

बागलुङ नगरपालिका–१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको ग ३ च ८६२१ नम्बरको भ्यान पुष्पलाल लोकमार्गदेखि रात्माटा जादै गर्दा बिहिबार दिउसो साढे चार बजे बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखास्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य २५ जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर अमन बोहराको मृत्यु भएको धौलागिरि प्रादेशिक अस्पतालले जानकारी दिएको छ।

सोही दुर्घटनामा घाइतेमध्ये ६ जनालाई थापा उपचारका लागि पोखरा ल्याइएको छ भने अन्यको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम वोहोरा, उमंग किसान, सुमित गैरे, अनिस वोहोरा, अनन्या किसान, रोशनी वोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समिक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीर वहादुर थापा मगर, आयना वोहोरा, सारिका वोहोराको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

गम्भीर घाइते आयुष वोहोरा, आयान वोहोरा, निकित किसान, सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । सुजल छन्त्याल र संगम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।

प्रतिक्रिया