काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बसमा आगलागी, गाडी पूर्ण रूपमा जलेर नष्ट

काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बसमा आगलागी, गाडी पूर्ण रूपमा जलेर नष्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ माघ २०८२
  • 7.2K
    Shares

काठमाडौँ, २९ माघ २०८२।

काठमाडौंबाट सुर्खेतका लागि छुटेको ना ७ ख ६०४८ नम्बरको रात्री बसमा रुपन्देही जिल्ला अन्तर्गत सिसिरिया पुल नजिक आगलागी भएको छ।

आज बिहान करिब ३ बजेतिर बसको टायर पड्किएपछि आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगो तीव्र रूपमा फैलिँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ। बिहान ५:३० बजेसम्म पनि आगलागी नियन्त्रणमा आउन नसकेको जनाइएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेको भए पनि दमकल करिब दुई घण्टासम्म नआएको राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । ढिलाइका कारण बस पूर्ण रूपमा क्षतिग्रस्त भएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया