भेटिएनन् काखमा रहेका दुई बालक, आमाको मृत्यु : मृतकको सूचीमा रहेका विशाल पनि वेपत्ता

भेटिएनन् काखमा रहेका दुई बालक, आमाको मृत्यु : मृतकको सूचीमा रहेका विशाल पनि वेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ माघ २०८२
  • 9.3K
    Shares

काठमाडौँ, २९ माघ २०८२।

रामेछापको भयानक दुर्घटनामा आमाकै काखमा बसेर यात्रा गरिरहेका दुई कलिला बालक बेपत्ता भएका छन् । मंगलबार भएको बस दुर्घटनामा परि दुई बालकसहित तीन जना अझै वेपत्ता रहेको खुलेको हो ।

बस दुर्घटनापछि आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार दुई बालकसहित तीन जना अझै वेपत्ता भएका हुन् । दुर्घटनाग्रस्त बसमा सवार बिशाल सुनुवार तथा ८ वर्षीय रोनिस तामाङ र ९ वर्षीय कृचन तामाङ वेपत्ता भएको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) राजन तिम्सिनाले जानकारी दिएका छन् ।

बस दुर्घटनामा परि रोनिसकी आमा रमिता तामाङ र कृचनको आमा तारा तामाङको मृत्यु भएको थियो । आफन्तका अनुसार वेपत्ता बालकपनि आमासँगै यात्रामा रहेको रामेछाप प्रहरीले जनाएको छ ।

मृतकको सूचीमा राखिएका बिशाल अझै वेपत्ता

बस दुर्घटनामा परि बिशाल सुनुवार पनि अझै वेपत्ता रहेका छन् । यसअघि हिजो सार्वजनिक मृतकको सूचिमा विशालको नाम रहेपनि उनी अझै वेपत्ता रहेको रामेछाप प्रहरीले पुष्टी गरेको हो ।

रामेछापको उमाकुण्ड गाउँपालिका–६ बस्ने अन्दाजी २४ वर्षीय विशाल सुनुवारको मृत्यु भनिएको थियो । तर, मृतक १२ जनामध्य उनी नभएको र आफन्तले सोही गाडीमा सवार रहेका उनी वेपत्ता भएको भन्दै प्रहरीमा जानकारी गराएको ईन्स्पेक्टर पन्तको भनाई छ ।

यसअघि हिजो मृत्यु हुने बबि तामाङ दोलखाको भनिएपनि उनी रामेछापकै रहेको पुष्टी भएको छ । रामेछाप प्रहरीका अनुसार उनी रामेछापको लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटको रहेको पुष्टी भएको हो ।

१२ जनाकै सनाखत

रामेछाप बस दुर्घटनामा परि मृत्यु भएका १२ जनाकै सनाखत भएको छ । यसअघि हिजो सनाखत नभएका एक मृतकको सनाखत भएको हो । ती मृतक रामेछापको उमाकुण्ड गाउँपालिका ६ का ५७ वर्षीय धर्मसिंह सुनुवार रहेको प्रहरीले जनाएको छ ।

मृतकको विवरण :-

१)जिल्ला रामेछाप लिखुतामाकोशी गा.पा. वडा नं. ४ बिजुलीकोट बस्ने अं.२१ की बबि तामाङ ।

२) ऐ.ऐ.गा.पा. वडा नं. ४ बिजुलीकोट बस्ने बर्ष अं. २८/३० को दिपेश बस्नेत ।

३) ऐ.ऐ.गा.पा. वडा नं. ४ बिजुलीकोट बस्ने बर्ष अं. २५ को दिपेन्द्र बस्नेत ।

४) ऐ.ऐ.गा.पा. वडा नं. ७ तिल्पुङ बस्ने बर्ष अं. ३५ की सानुमाँया तामाङ ।

५) ऐ.ऐ.गा.पा. वडा नं. ७ तिल्पुङ बस्ने बर्ष अं. ३१ की तारा तामाङ ।

६) ऐ.ऐ. गा.पा. वडा नं. ७ तिल्पुङ बस्ने बर्ष अं. २४ की रमिता तामाङ ।

७) ऐ.ऐ. गा.पा. वडा नं. ७ तिल्पुङ ढाँडे बस्ने बर्ष अं. ३६ को भिम बहादुर तामाङ ।

८) ऐ.ऐ. गा.पा. वडा नं.६ खिम्ती बस्ने बर्ष अं ४५ की मन कुमारी बरुवाल ।

९) जिल्ला सिन्धुली गोलन्जोर गा.पा. वडा नं.६ गैरीगाँउ बस्ने बर्ष अं. ३४ को शिव श्रेष्ठ ।

१०) जिल्ला दोलखा भिमेश्वर न.पा. वडा नं. ८ बस्ने बर्ष अं. ६० को मान बहादुर तामाङ ।

११) जिल्ला रामेछाप लिखुतामाकोशी गा.पा. ३ चित्रे बस्ने बर्ष अं. १७ को सुकृत तामाङ ।

१२) जिल्ला रामेछाप उमाकुण्ड गा.पा. वडा नं. ६ गुप्तेश्वर बस्ने बर्ष अं. ५७ को धर्म सिंह सुनुवार ।

आफन्तले बुझेनन् शव

मृतक १२ जनाकै शव मन्थली अस्पतालमा राखिएको छ । दुर्घटनामा परेका मृतकको शव अझै आफन्तले बुझेका छैनन् । मृतकका परिवारलाई उचित क्षतिपुर्ति नदिएसम्म शव नबुझने आफन्तको अडान छ । मृतकका आफन्त र स्थानीयले आज रामेछापका विभिन्न स्थानम सडक अवरुद्ध समेत गरेका थिए ।

चालकको लापरबाहीले दुर्घटना भएको भन्दै उनीहरुले शब बुझ्न नमानेको प्रहरीले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितिमा सहमतिका लागि छलफल भईरहेको बताईएको छ ।

प्रतिक्रिया