लागु औषध ब्राउनसुगरसहित पोखराबाट तीन जना पक्राउ

लागु औषध ब्राउनसुगरसहित पोखराबाट तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ माघ २०८२
  • 7.4K
    Shares

पोखरा, २९ माघ २०८२।

अबैध लागु औषध ब्राउनसुगरसहित पोखराबाट तीन जना पक्राउ परेका छन्।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र यस कार्यालय मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं. ११ जनजागृतिटोलबाट गएको सोमबार दिउसो चार बजे अबैध लागु औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ नगरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ११ बस्ने वर्ष ३० को रोशन गुरुङ, कास्कीको अन्नपुर्ण गाउपालिका वडा नं. ४ स्थायी वतन भई हाल पोखरा ११ जनजागृति टोल बस्ने वर्ष ४४ को विश्वास गुरुङ र म्याग्दी जिल्लाको मालिका गाउपालिक वडा नं. ६ स्थायी वतन भई हाल पोखरा ३१ मोहरिया बस्ने वर्ष ४१ को गंगा पुर्जा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरि बह्द्दुर बस्नेतले जानकारी दिएका छन्।

उनीहरुको शरीर तथा घरकोठाबाट लागु औषध ब्राउन सुगर (खैरो हिरोईन) २४.१५ ग्राम, डिजिटल तराजु एक थान, नगद रु.एक लाख ४२ हजार रुपियाँ र विभिन्न कम्पनीका मोवाईल चार थान बरामद भएको पनि डिएसपी बस्नेतले बताए।

अभियुक्तहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा पांच दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया