पोखरा, २९ माघ २०८२।
लमजुङमा बुधबार जिप सदकनात तल खस्दा एक जना बृद्धाको मृत्यु भएको छ भने अन्य सात जना यात्री घाइते भएका छन्।
जिल्लाको भुजुङबाट बेसीसहरतर्फ आउँदै गरेको ग १ ज ५०६५ नम्बरको जिप मर्स्याङ्दी-९ मिर्चेमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा एक जना बृद्धाको मृत्यु भएको हो भने अन्य सात जना यात्री घाइते भएका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएकी क्व्होलासोथर–४ भुजुङ बस्ने ७४ वर्षीया मल कुमारी गुरुङको उपचारका क्रममा मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार , सोही दुर्घटनमा परेर क्व्होलासोथर–४ का ८० वर्षीय आईतराम गुरुङ, २२ वर्षीया एलिना गुरुङ र २७ वर्षीया स्मृति गुरुङ घाइते भएका छन्। त्यस्तै, बेसीसहर-५ की २० वर्षीया कृपा गुरुङ, वडा नं- ७ की ७ वर्षीया रितु गुरुङ, मर्स्याङ्दी-९ का ३१ वर्षीय आर्यन गुरुङ र मर्स्याङ्दी-२ घनपोखरा बस्ने ५० वर्षीया काली गुरुङ घाइते भएका छन्।